Public Pana
तिहारको चौथो दिन आज  गाई पूजा गरेर मनाइँदै

नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज (मङ्गलबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् ।

कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन पशुपतिको गौशालामा पनि गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।


गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता  छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update