Public Pana
११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ

 गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । 
यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update