Public Pana
कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ। आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो।
आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए।
जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताए।
महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ।
 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update