सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
काठमाडौँमा सोमबार भएको भेटमा उहाँहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन तीनदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुग्नुभएको हो ।
यसअघि उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर ख्डका, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० २२:१४
प्रतिक्रिया दिनुहोस्