Public Pana
शेयर  बजार २६.६६ अंकले घट्याे

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट आज सोमबार शेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ ।

यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ । 

आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ ।

यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

आज सोमबार शेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन हिजो आइतबार सूचकमा भारी वृद्धि भएकाले आज सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् । 

यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

२५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update