Public Pana
दोषीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका छन् ।

पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताए ।

दोषीलाई नछाड्ने, निर्दोष नपसाउने मान्यता रहेको भन्दै गृहमन्त्री श्रेष्ठले तथ्य प्रमाणका आधारमा  जहाँसम्म जानुपर्ने गरी दोषीलाई फेला पार्न अगाडि बढ्नुपर्नेमा जोड दिए । 

राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिए कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्नु कानून विपरित रहेको उनको ठम्याई थियो ।

उद्योग व्यवसायीहरु पर्यो भने कर तिरेर राज्य चलाउन सहयोग गरेको भन्दै आवाज उठाउन मुर्खता भएको गृहमन्त्री श्रेष्ठको भनाई थियो । 

कर्मचारीहरु पर्यो भने कर्मचारीलाई कहाँ पाइन्छ भन्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘त्यसो भए कारबाही कसलाई गर्ने ? निमुखा, गरिब जनतालाई गर्ने ?’

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update