Public Pana
ललिता निवास प्रकरण : थप दुईजना पक्राउ

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज  सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको

आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update