Public Pana
माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेकोमा खुसी व्यक्त गरे विप्लवले

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी व्यक्त गरेका छन् ।

माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु राम्रो रहेको उल्लेख गरे । 

विप्लवले भने, “अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुसी पनि लागेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा सरकार छ र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ,’ उनले भने, ‘अरु समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ त्यसैले एउटा लडाईं जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो ।”

भ्रष्टाचारविरोधी लडाईंमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै उनले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे । 

श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत महासचिव विप्लवले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update