Public Pana
तिहारमा समेत  सत्ता गठबन्धनका नेताहरु चुनावी कार्यक्रममा व्यस्त

चुनाव नजिकएसँगै सत्ता गठबन्धनले तिहारको बेला समेत चुनावी कार्यक्रमलाई तिव्रता दिएका छन् । 
 गठबन्धनका शिर्ष नेताहरुले आज दुई वटा प्रदेशमा भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार गठबन्धनले आज सुदूरपश्चिमको धनगढी र कर्णली प्रदेशको सुर्खेतमा प्रशिक्षण तथा भेला आयोजना गरेको हो ।
सत्ता गठबन्धनले गत शुक्रबारदेखि प्रदेशस्तरीय भेला कार्याक्रम गर्दै आएको छ । शनिबारमात्रै मधेश प्रदेशमा प्रशिक्षण गरेको थियो ।

आज हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् । 

चुनाव कार्यक्रमका लागि सत्ता गठबन्धनका नेताहरु केही दिनदेखी राजधानी बाहिरका जिल्लाहरुमा व्यक्त भएका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update