Public Pana
मंगल ग्रहमा फेला पर्यो गहिरो पानीको प्रमाण 

अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा फेला पर्यो गहिरो पानीको प्रमाण फेला पारेको छ । मंगलल मिशनमा निरन्तर खोजी गरिरहेको नासाले कहिल्यै पानी थियो कि थिएन भनेर अनुसन्धान जारी रहेको छ ।

नासाको यो अभियान चलिरहेको छ र एजेन्सी यस ग्रहको बारेमा जानकारी सङ्कलनमा निरन्तर लागिरहेको छ ।
अब यहाँ एउटा यस्तो ठाउँ फेला परेको छ जहाँ बगिरहेको पानीजस्ता निशान देख्न सकिन्छ । त्यहाँ भारीमात्रामा ढुङ्गाहरु बगेको हुनुपर्ने भनिन्छ ।

नासाले आफ्नो सोसल मिडिया ह्यान्डलमा यसबारे जानकारी दिएको छ ।
रोभरले यहाँ एउटा बोल्डर फिल्ड फेला पारेको छ, अर्थात् यो कोणीय ढुङ्गाले भरिएको ठाउँ हो । यी ढुङ्गाको आकार र बनावट हेर्दा पानीमा बगेर ल्याएको हो जस्तो लाग्छ। तिनीहरू पृथ्वीमा नदीको बाटोमा जम्मा भएका ढुङ्गाहरू जस्तै देखिन्छन् ।

यसबारे नासाले ट्विटरमा लेखेको छ, ‘यी ढुङ्गाहरू पानीले बोकेका हुन्, यो पानी या त धेरै गहिरो भएको हुनुपर्छ वा धेरै छिटो बगेको हुनुपर्छ ।’ भनिन्छ,जहाँ पानी हुन्छ, त्यहाँ जीवन हुन्छ ।
nasha---1690183690.jpg

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update