Public Pana
नेपाल इन्डोनोसिया प्रस्थान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा इन्डोनेसिया प्रस्थान गरेका छन् । 

अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन उनी गएराति आइतबार राति करिब १२ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल त्यहाँबाट सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने समाजवादीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update