Public Pana
नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् ।

मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने दाबी गरे ।

‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’–नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले भने–‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’

आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।

पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुँदा बाहिर चर्चाका लागि बोल्ने नेताहरूबारे भ्रम हटेको प्रवक्ता महतले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update