Public Pana
बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । 

मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाएको हो । 
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन् ।

आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो । उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ । 

चालकको खोजीका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुरा डीएसपी कबिन्द्रसिंह बोहराले बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update