Public Pana
बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । 

जिल्लाको पुर्चौडी नगरपालिका–२ मा आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोमा आमा छोराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पहिरोमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीय छोरा रिजनको मृत्यु भएको हो । 

अञ्जुका १७ वर्षीय देबर देबर गोब्बरको प्रहरीले सकुशल उद्धार गरेको छ । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ ।

घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

उनका अनुसार पहिरोमा पशुचौपाया पनि पुरिएका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।  घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update