Public Pana
सन्दीपको तिहार प्रहरी हिरासतमै, थप दुई दिन थुनामा राख्न अदालतको अनुमति

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।
थुनछेक बहसपछि मात्र सन्दीपको रिहाई हुने बाटो खुल्ने कानुन व्यवसायीहरु बताउछन । मुद्वाको सुनुवाईपछि सन्दीपललाई थुन्ने अथवा धरौटी वा साधरण तारेखमा छाड्न अदालतले आदेश दिनेछ ।

तिहारको करिब एक साता लामो सरकारी बिदाका कारण सन्दीपले  अझै कम्तीमा एक हप्ता बढी समय प्रहरी हिरासतमै बिताउनुपर्नेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update