Public Pana
सुदूरपश्चिममा सरकार विस्तारको तयारी 

सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी भइरहेको छ ।

विगत सात महिना देखि मन्त्री विहीन रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आज सोमबार मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

नागरिक उन्मुक्ति पार्टीलाई उक्त मन्त्रालय दिने सहमति भइसकेको छ । तर, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।

आज सोमबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई र कैलाश चौधरीलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतको दाबी छ।

नागरिक उन्मुक्तिले पार्टीबाट मन्त्री बन्नेहरुको नाम मुख्यमन्त्री कमल बहादुर शाहलाई पठाइसकेको छ ।
मुख्यमन्त्री काठमाडौँमा रहेका कारण सरकार विस्तार हुन सकेको थिएन ।
आज मुख्यमन्त्री काठमाडौँबाट कैलाली फर्किँदै छन् । उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update