Public Pana
चीनमा एक व्यक्तिले घरकाे पाँचौं तल्लामा गाई पाले पछि हंगामा

चीनको एउटा फ्ल्याटमा एउटा अनौठो घटना भेटिएको छ, जुन चर्चाको विषय बनेको छ । 

वास्तवमा यहाँ एक व्यक्तिले आफ्नो भवनको पाँचौं तल्लामा गाई पालेका छन् । जसलाई देखेर मानिसहरु आश्चर्य व्यक्त गरिरहेका छन् । चाखलाग्दो कुरा के छ भने चिनियाँ व्यक्तिले आफ्नो बालकनीमा धेरै गाईवस्तु राखेका छन् । जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो घटना दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको हो, जहाँ एक चिनियाँ व्यक्तिले एउटा बहुतले भवनको पाँचौं तल्लामा सातवटा गाई  र बाछा राखेका छन् । भाइरल तस्विरमा यी सबै गाईवस्तुले आफ्नो चारा खाइरहेको देख्न सकिन्छ । चीनमा प्रयोग भएको टिकटक जस्ता एपमा घटनाको भिडियो शेयर गरिएको छ, जसलाई ४० लाख पटक हेरिएको छ ।

साउथ चाइना मर्निङ पोस्टले स्थानीय बासिन्दालाई उद्धृत गर्दै गाईहरू आवासीय कम्प्लेक्समा एक दिनसम्म फ्ल्याटमा बसेको बताएको छ। त्यसपछि छिमेकीले हतास गर्न थाले । सो घटनाको गति लिएको देखेर स्थानिय  चिनिया अअधिकारीहरूले तुरुन्तै संवेदनशिल भए र त्यो ठाउँमा पुगे । त्यसपछि चिनियाँ व्यक्तिका ती आफ्नो गाईवस्तुलाई अन्यत्र सारिएको थियो । 

खासमा सँगै रहेको फ्ल्याटमा बाछो आएका कारण दुर्गन्ध फैलिएको छिमेकीले गुनासो गरेका थिइ । गाईवस्तुको आवाजले धेरै समस्या निम्त्याइरहेको भनेर उजुरी गरे पछि सुरक्षा अधिकारीहरु त्यो घरमा आएका थिए । 

सो घटनाबारे साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै एक व्यक्तिले भने, ‘मलाई पक्का विश्वास छ कि गाईवस्तुले एक दिन भवनमा बस्न पाउनेछन् भन्ने सोचेका पनि थिएनन् तर उनीहरु यस भवनमा एकदिन भए पनि बस्न पाए ।’ 

अर्कोतर्फ अर्का एक व्यक्तिले भने, ‘यति सानो बालकनीमा राखेर बाछालाई यातना दिइएको थियो। यस्तो पागलपन सबैको लागि खतरनाक छ।’

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update