Public Pana
भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि

एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तानले जितेको छ ।

हिजो आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पाकिस्तान ए ले दिएको ३५३ रनको लक्ष्य पछाएको भारत ए ले ४० ओभरमा २२४ रन बनाएर अल आउट भएपछि खेल १२८ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो ।
पाकिस्तानले लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको छ । यसअघि २०१९ मा सम्पन्न इमर्जिङ कपको उपाधि जितेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update