Public Pana
 विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ  रहेको छ भने बिक्री  दर १४६.२० रुपैयाँ  रहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको थियो। युरो एकको खरिद दर १४५ रूपैयाँ ५४पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसा रहेको   थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर१६८.२० रुपैयाँ  कायम रहदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा  रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा र बिक्री दर १६८.९७ रुपैयाँमा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा  र बिक्रीदर  १० रूपैयाँ २१ पैसामा खरिद बिक्री हुने भएकाे छ । 

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८१ रुपैयाँमा किनबेच हुनेछ। साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.६४ पैसा तथा विक्रीदर ४२८.५९ पैसा कायम गरिएकाे छ ।

money1690165379.jpg

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update