Public Pana
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज सोमबार पनि बस्दैछ । 

सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update