Public Pana
काठमाडौंमा नालामा बगेर एक बालक बेपत्ता

काठमाडौंको सामाखुसीको नालामा बगेर एक बालक बेपत्ता भएका छन्।
सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर निस्किएका बालक स्ल्याबहरू नभएको ठाउँबाट नालामा खसेका थिए।
उनी नालामा खसेको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ। तर साँझसम्म पत्ता नलागेको बताइएको छ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update