Public Pana
सबै विद्यालयमा इन्टरनेट पुर्याउनुपर्ने अर्थमन्त्री महतको भनाइ

अर्थमन्त्री प्रकासशरण महतले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउनुपर्ने बताएका छन् । 

हिजो जनकपुरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने लगत्तै आज आइतबार नेपाल टेलिकम वकर्स युनियनको ३२ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले युनियनकै अगुवाईमा सातै प्रदेशका स्कूलमा इन्टरनेट पुग्ने उल्लेख गरे ।

टेलिकमका सेवा ल्याण्डलाइनबाट नेट प्रविधिमा अगाडी बढेकाले नीजि क्षेत्रका अन्य दुरसञ्चार सेवालाई सरकारी टेलिकमले जित्नका लागि कर्मचारीले उत्कृष्ठ कार्य गर्नुपर्नेमा अर्थमन्त्री महतले जोड दिए । 
उनले कर्मचारीहरुले मागेको सेवा सुविधा समयानुसार हुनुपर्ने र सरकारले सबै संस्थानको एउटै मापदण्ड बनाउने आश्वासन समेत दिए ।

अर्थमन्त्री महतले माग्ने भन्दा पनि कामको प्रतिस्पर्धामा अगाडी आए राज्यले स्वत अगाडी बढाउन बाध्य हुने आश्वासन बताए । 

11111690112717.jpg

वार्षिकोत्सवमा नेपाल टेलिकमका कर्मचारी एंव युनियनका सदस्यहरुले अन्य संस्थान र टेलिकममा भएको सुविधा फरकतामा आपत्ति जनाएका थिए ।

युनियनका अध्यक्ष सुरेश प्रसाद रौनियार, समारोहका संयोजक एवं सहअध्यक्ष लाल बहादुर राना लगायतले बैंक, रेडियो नेपाल लगायतका संस्थानले सेवा सुविधा उत्कृष्ठ रहेको तर टेलिकममा काम गर्नेले रिटायर हुँदाको अवस्था, जीवन बीमा लगायतमा सुधार गर्नुपर्ने माग गरेका थिए ।

वार्षिकोत्सवमा युनियनका पूर्व उपाध्यक्ष एवं ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ का वडाअध्यक्ष बाबुराजा महर्जनलाई नेपाल टेलिकम वर्कस युनियनले कदरपत्र प्रदान गरेको थियो । 

युनियनले आफ्नै वेबसाइट समेत सञ्चालनमा ल्याएको छ । आइटी तथा प्रकाशक समितिका संयोजक उपमहासचिव राकेश लामा सहितको टिमले उक्त वेबसाइटको डिजाइन तथा निर्माण गरेको हो ।

उक्त वेबसाइटमा नेपाल टेलिकम वर्कस युनियनले गरेका गतिविधि तथा विभिन्न सूचनात्मक जानकारीहरु प्रकाशन गरिने प्रकाशक समितिका संयोजक लामाले जानकारी दिए। सो कार्यक्रमकाबीच अर्थमन्त्री महतले वेबसाईटको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवर, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष राजेन्द्र दाहाल, युएनआई का अध्यक्ष शंकर लामीछाने लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम युनियनका महासचिव लोकेन्द्र पनेरुले सञ्चालन गरेका थिए।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update