Public Pana
मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा उत्साह, नेप्से ६३ अंकले उकालो

मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजार उत्साहित भएको छ । आज आइतबार ६३ दशमलव २४ अंकले नेप्से इन्डेक्स बढेको हो । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार ४ अर्ब ३७ करोडको कारोबार भएको छ । 

जसमा १ करोड २० लाख कित्ता शेयर किनबेच भएको हो । 

सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तको सेयर १० प्रतिशले बढेको हो । त्यस्तै, धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update