Public Pana
घर र सवारी कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झर्यो 

नेपाल राष्ट्र बैंकले आवासिय घर र सवारी कर्जाको जोखिमभार घटाएर राहत दिएको छ ।

आज आइतबार घोषणा गरेको मौद्रिक नीतिमा ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको हो । 

गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत बाट घटाएर १०० प्रतिशत बनाए बताएका छन् ।
यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए ।
अन्य रियलस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।

यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।

नेपाल राष्ट्र बैंकले बैंकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम  सार्वजनिक गर्दा मौद्रिक नीतिअनुसार बैंकदरलाई यथावत् राखेको छ । उसले बैंकदरदरलाई ७.५ प्रतिशतमा यथावत् राखेको हो । 

बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

तर, नीतिगत दरलाई भने घटाइएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दै नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update