Public Pana
मेक्सिकोको पबमा आगो लगाए पछि ११ जनाको मृत्यु

मेक्सिकोको एक बारमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चार महिला पनि छन् । सोही क्रममा ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । 

रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो।

महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ । जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए । घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेकाे जनाइएकाे छ । 

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update