Public Pana
संरचनाको बिषयलाई लिएर जंगिए मेयर बालेन, बानेश्वरमा घरधनीसँग भनाभन

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसका निर्देशक द्विराज शर्माबिच भनाभन भएको छ । 

शाह अल्फाबिटा कम्प्लेसमा रहेको फामेर्सी अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक शर्मासँग झोक्किनु भएको हो ।

अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा निर्देशक शर्मा नमानेपछि भनाभन भएको हो । 

घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै निर्देशकले कम्प्लेक्सको नक्सा आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि जङ्गीदै मेयर शाहले भन्नुभयो ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो रु ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग र ?’ ।

त्यसपछि घरबेटीले मेयर शाहलाई जनप्रतिनिधि भएर थर्काएको भन्दै आरोप लगाएपछि उहाँ शान्त हुनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update