Public Pana
नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

हिजो शनिवार राति अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको हो ।
गोली लागेर घटनास्थलमै मृत्यु भएको महिलाको पहिचान खुल्न सकेको छैन । भारतीय भूमिमा घटना भएकाले भारतीय

प्रहरीले लास पोस्टमार्टमका लागि लगेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update