Public Pana
आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ घटयाे

नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसामा किनबेच हुनेछ ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा रबिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको  थियो । जसअनुसार अमेरिकन डलरको  खरिद  दर ० रूपैयाँ ६ पैसा  र बिक्रीदरमा पनि ६ पैसाले डलरको भाउ घटेको छ । 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसामा काराेबार हुदाँ    अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१६  रुपैयाँ  रहेको छ भने बिक्री दर ८८.५६  रुपैयाँ  तथा  क्यानेडियन डलर एकको  खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर  १० रूपैयाँ २३ पैसा कायम गरिएकाे छ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल  एकको खरिद दर ३४.८८ रुपैयाँ  र   बिक्री दर ३५.४ रुपैयाँ , मलेसियन रिंगिट एकको  खरिद  दर २८.६८  रुपैयाँरहेको छ भने बिक्री दर २८.८१ रुपैयाँ कायम गरिएकाे छ । र,  कुवेत दिनार १ को खरिदमूल्य ४२५.९ पैसा  विक्रीदर ४२७.८६ पैसामा किनबेच हुनेछ ।

money-1690080525.jpg

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update