Public Pana
आज देखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

आज देखी पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो । 
 

पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आज देखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो ।
 
उनका अनुसार बसपार्क भित्र भोलीवाट कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update