Public Pana
बिपीको सालिक इनरुवामा अनावरण

विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।

इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update