Public Pana
प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान, खड्का कार्यबाहक (तस्विरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि इटली गएका छन् ।

प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा. वैकुण्ठ अर्याल लगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् ।

आज शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

Pm-nepal1690036094.jpg

pm131690036069.jpg

pm121690036052.jpg

pm111690036029.jpg

pm101690035998.jpg

pm-91690035957.jpg

pm81690035935.jpg

pm-71690035908.jpg

 

pm-51690035878.jpg

P.M.-11690035852.jpg

pm-41690035831.jpg

pm-31690035812.jpg

pm-21690035794.jpg.kkkk1690037254.jpg

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update