Public Pana
प्रकाश सपुतको “दमाई महाराज” गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा

गायक प्रकाश सपुतको “दमाई महाराज” बोलको गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा आएको छ ।

Prakash Saput” नामक युट्युब च्यानलमा सार्वजनिक भएको यो गीत (भिडिओ) ले २२ घण्टामा १३ लाख बढी भ्युज पाइसकेको छ ।

यस्तै भिडिओमा ११ हजार भन्दा बढी कमेन्ट गरिएको छ ।

प्रकाशका अधिकांश गीतहरूले युट्युबमा सार्वजनिक भएको केही समयमा नै रेकर्ड राख्ने गरेका छन् । गत वैशाखमा उनले ल्याएको “सकम्बरी” बोलको गीतले युट्युबमा सात दिनमै एक करोड भ्युज पार गरेर नयाँ रेकर्ड राखेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update