Public Pana
जुम्लामा अज्ञात समूहद्वारा सात वटा घर र ट्याक्टरमा आगजनी

जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ४ का विभिन्न गाउँका घरहरुमा आगजनी भएको छ । हिजो शुक्रबार राति अज्ञात समूहले सात वटा घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

अज्ञात समूहले विभिन्न गाउँका सात वटा घर र एउटा ट्रयाक्टरमा आगो लगाएको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बु्ढाले जानकारी दिए ।

गाउँमा आतंक फैलाउने काम कसले गरिरहेको छ भन्ने खुल्न नसकेको अध्यक्ष बुढाले जनाए ।
धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँमा कविदत्त न्यौपाने, डाँडाबाडामा कविदत्त न्यौपाने, दलिबाडामा लालचन्द्र सार्की र बिगारे गाउँमा भीमप्रसाद जैशीको घरमा आगो लागेको छ ।

त्यस्तै पार्किङ गरी राखेको ट्याक्टरमासमेत आगो लगाइएको छ । प्रहरी टोलीले घटनास्थलको क्षतिको विवरण संकलन गरिरहेको छ ।

क्षतिको विवरण यकिन हुन सकेको छैन ।
आगो लगाइएको जानकारी पाएलगत्तै जिल्लाबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यायल जुम्लाले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update