Public Pana
सेटिङबिना सुन तस्करी सम्भव नरहेको सभापति लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
“सेटिङबिना यति ठूलो परिणामाको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो,” उनले भने, “यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ ।”

सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौँ किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update