Public Pana
जनकपुर अस्पतालमा महिलाको मृत्यु, चिकित्सक भागे

जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।
महिलाको भएपछि चिकित्सकहरु अस्पताल छाडेर भागेका छन् ।

आफन्त भने आन्दोलन गरिरहेका छन् । चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले उनको मृत्यु भएको आफन्तको भनाइ छ ।

मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउ भएपछि उनी गत बुधबार शल्यक्रियाका लागि भर्ना भएकी थिइन् ।

जनकपुरधाम उपमहानगरपालिका– १५ कपलेश्वरकी २८ वर्षीया सोनिया साहको हिजो शुक्रबार मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update