Public Pana
भारतले चामल निर्यातमा रोक लगायो, नेपालमा असर

भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा असर परेको छ । नेपालमा चामाको मुल्य बढेकाले नेपालीलाई अफ्टेरो परेको हो ।

बर्सेनि ४५ अर्बभन्दा बढीको धान चामल आयात भइरहेको अवस्थामा यो प्रतिबन्धले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । चामलमाथिको परनिर्भरता घटाउन चैते धानखेतीको विस्तारदेखि उत्पादकत्व बढाउनेसम्मका कार्यक्रम ल्याउन अर्थ जानकारले बताएका छन् । 

खडेरी, डुबानजस्ता जलवायुजन्य प्रकोपका कारण यो वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपणपछि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । विश्वभर चामल निर्यातमा ४० प्रतिशत हिस्सा ओगट्ने भारतको यो कदमले नेपालको खाद्य सुरक्षामा समेत गम्भीर असर पुग्ने अर्थजानकार नवराज गौतमले जानकारी दिए ।

पब्लिक पानासँग कुरा गर्दै उनले भने, “खाद्यमा मूल्यवृद्धि हुँदा पनि किन रोक्यो भारतले ? नेपालले कुटनीतिक सम्बन्ध बलियो बनाएर प्रत्यक्ष अघि बढेर सर्वसाधारणलाई सहज बनाउनुपर्छ ।”

chamal--ok1690000150.jpg

गौतमका अनुसार रुसले युक्रेनसँगको खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण नगरेपछि विश्वभर मूल्यवृद्धि र खाद्यान्न संकट निम्तने जोखिम बढेको छ । यहीबेला भारतले समेत चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गर्नु नेपालजस्तो अल्पविकसित राष्ट्रलाई असर पार्नु हो ।

उनले दोहोर्याए, “खाद्यका लागि नेपालको ठूलो व्यापार सम्बन्ध भारतसँगै भएको र भारतमा मूल्यवृद्धिको अवस्था नदेखिएको कारणले अहिले हामीलाई तत्कालै मूल्यवृद्धिको असर त पर्दैन तर भारतले गरेको निर्णय चामल नदिनेले ठूलो अनिकाल हुन्छ ।”

नेपालमा झन्डै ५५ लाख टन धान उत्पादन भएपनि १५ लाख टन धान अपुग रहेको नेपाल सरकारले जनाएको छ ।
नेपालमा ४० लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टर मात्र धान रोपाइँ हुने गरेको छ । त्यसमा पनि सिँचाइको सुविधा एकतिहाइमा पनि छैन ।

यसबाहेक समयमा रासायनिक मल नपाउने, प्रविधिको पहुँच अभावजस्ता आधारभूत समस्या धानको उत्पादकत्व बढाउन चुनौती बनेका छन् ।

६० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आश्रित भए पनि बर्सेनि तीन खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेका बेला पनि छिमेकी राष्ट्रले अवरोध गर्नु नेपाल समस्यामा पर्नुको विकल्प छैन । त्यसैले नेपालले सहज हुनुपर्छ ।

chamal1690000172.jpg

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update