Public Pana
‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल पुगिन् श्रीलंका


‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो लागेकी छिन् ।

कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन् । 

'नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छु', खनालले भनिन्,'अन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ ।'

sajina1689988771.jpeg

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । मन्त्री किरातीले मन्त्रालयमा भएको भेटका क्रममा उक्त प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

त्यस्तै खनाललाई बुधबारनै खानेपानी मन्त्री महिन्द्र राय यादव भेट्दै शुभकमना दिएका थिए ।  मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए ।


‘नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको विषय हो । तपाईँ जुन उदेश्यले सहभागी हुन लाग्नु भएको छ । सफलता अवश्य मिल्नेछ,’ मन्त्री यादवले भने ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो ।

sajina-11689988803.jpeg

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update