Public Pana
तनहुँमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ । साथीको घर जाँदै गर्दा चितुवाको आक्रमणमा परी ११ वर्षीया बीना चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार घरबाट करिब तीन सय मिटरको दूरीमा रहेको साथीको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गरेको हो ।

'घरदेखि साथीको घरको दूरी करिब तीन सय मिटर छ, बाटोमा सालघारी पर्छ, साथीको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेको भेटिएको छ,' घटनास्थल पुगेका गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले बताए । बालिका सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

बालिकाका बुबा चन्द्र बहादुर घर्ती सुन्तला बेच्न डुम्रे बजार झरेका र आमा चन्द्रमाया घरमै काम गरिरहेका बेला साथीको घरमा जाने क्रममा ती बालिका चितुवाको आक्रमण परेको निवर्तमान अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update