Public Pana
भारतमा पहिरोमा परि १८ को मृत्यु, अझै १०० जना बेपत्ता

भारतको पश्चिमी प्रान्त महाराष्ट्रको रायगढमा आएको विनाशकारी पहिरोमा मृत्यु हु्नेको संख्या १८ पुगेको छ । महाराष्ट्रको इस्रालबाडी गाउँमा आएको पहिरोमा अझै १०० जना बेपत्ता छन् ।

पहिरो गएको ४८ घण्टा बित्दा पनि अत्यधिक वर्षा र कठिन भौगोलिक संरचनाका कारण उद्धार हुन सकेको छैन । यद्यपि त्यहाँको सरकारले अहिलेसम्म १०० जनाको उद्धार गरेको जनाएको छ ।

महाराष्ट्र सरकारले करिब १०९ जना मानिस पहिरोमा पुरिएको आशंका गरेको छ । भारतका विभिन्न प्रदेशमा दुई सातादेखिको लगातार वर्षाले जनजीवन प्रभावित बनेको छ । त्यहाँ अझै केही दिन वर्षाको सम्भावना आकलन गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा यति ठूलो पहिरो पहिलोपटक गएको हो । पहिरोमा परेकाहरुको उद्धारमा प्रहरीको टोली, स्थानीय बासिन्दा तथा स्वास्थ्य कर्मचारीहरु जुटेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update