Public Pana
सेटिङमा सरकारको लस्कर भन्दै युवा संघको विरोध 

नेकपा एमाले निकट युवा संघ नेपालले सुन तस्करी प्रकरणविरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा संघले विभिन्न प्लेकार्डसहित नाराबाजी गर्दै आज शुक्रबार प्रदर्शन गरेको हो ।

त्यस्तै, संघले प्रदर्शनका क्रममा मसाल जुलुस निकालेको छ ।

संघले गत बुधबार बरामद भएको करिब एक क्वीन्टल अवैध सुन तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थु्र’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा प्रेस चौतारी नेपालले पनि ऐक्यवद्धता जनाउँदै सहभागी बनेको थियो ।

yuba-41689948923.jpg

yuba-31689948899.jpg

yuba-21689948877.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update