Public Pana
सुनसरीमा गोली प्रहार गरी हत्या, ३ जना फरार

सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ। 


ऋाज शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका  ५  का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

 
गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए ।


उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ । 

धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको हो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update