Public Pana
संचार सचिवलाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश, अन्य ४ को रिट भने खारेज

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका संचारसचिव कृष्ण बहादुर राउतलाई रिहा गर्न परमादेश दिएको छ ।

सर्वोच्चले सचिव राउतलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै तत्काल छोड्न बाध्यकारी आदेश दिएको हो ।

यद्यपी सर्वोच्चले सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भन्दै प्रहरीले पक्राउ गरेका चार जनाले दिएको बन्दीप्रत्यक्षीकरणको रिट भने खारेज गरिदिएको छ।

उनीसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पक्राउविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

शुक्रबार न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकुल सुवेदीको इजलासले चारै रिट खारेज गरेपनि सचिव राउतलाई थुनामुक्त गर्न गर्न आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए।

letter sachip1689949161.jpg

sachip1689949249.jpg

ललिता निवास प्रकरणमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update