Public Pana
ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि आज शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update