Public Pana
निर्वाचन कसुरको आरोपमा पुर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन

निर्वाचन आयोगले पुर्वप्रधानमन्त्री समेत रहेका रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । 

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख रहेको भन्दै  त्यसको बर्खिलाप गरेकाले नेपाललाई कारवाही गर्न  प्रहरीलाई निर्देशन दिएको जनाएको छ । 

 नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्राचार गरेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई कारवाही होला त भन्ने आशंका देखिएको छ ।

पुर्वप्रधानमन्त्री हैसियतको नेतालाई कारवाही गर्न आयोगले निर्देशन दिएको यो पहिलो घटना भएको बताइएको छ । 

हेर्नुहोस् पत्र


police latter1666257364.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update