Public Pana
एसइईका परिक्षार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

माध्यमिक शिक्षा परीक्षा (एसइई)का परीक्षार्थीहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले असार २५ गते सूचना प्रकाशन गरी पुनर्योगका लागि आवेदन दिन  साउन ५ गतेसम्मको समय निर्धारण गरेको थियो ।

नतिजामा चित्त नबुझेको खण्डमा परीक्षार्थीहरूले पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय गएर निवेदन दिन सक्नेछन् ।
परीक्षार्थीले निवेदन दस्तुर प्रति विषय पाँच सय रूपैयाँका दरले हुने रकम राजस्व खाता नम्बर १४२२३ मा जम्मा गर्नुपर्नेछ ।  
बोर्डले परीक्षार्थीहरूको निवेदन सहितका कागजातहरू फाराम भर्ने म्याद समाप्त भएपछि तुरून्त पठाउन अनुरोध गरेको छ ।

एसइईको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो।  ग्रेडवृद्धिका लागि साउन २६ गते परीक्षा हुँदैछ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update