Public Pana
कांग्रेस नेता जीतजंगले मागे गृहमन्त्रीको राजिनामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पछिल्लो सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम मुछेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ निकाल्दै उनले भने, ‘केही

साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं ।’

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले थपे, ‘हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ?’

पार्टीभित्र सभापति र आफ्नै नेताहरुलाई खुल्याएर आफू ठूलो हुने प्रवृत्ति रहेको उनले बताए ।
सरकारको प्रभावकारिता शून्य रहेकाले यो सरकारमा सहभागी भएर जाने कि नजाने सोच्नुपर्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update