Public Pana
पत्रकार गणेश बस्नेतलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार गणेश बस्नेत जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।
आज शुक्रबार विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले पत्रकारको नाममा कसैलाई कोट गर्दा प्रमाण सहित गर्नुपर्ने भएकाले अनुसन्धान सहित गल्ती फेला परे, कुनै पनि पार्टीको पत्रकार भएपनि नछाड्ने भन्दै बस्नेतलाई संकेत गरेका थिए ।

उनले भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेपनि भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी आफूलाई खाचो नभएकाले सबैले नियमानुसार कार्य गर्नुपर्ने उल्लेख गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने मन्त्री श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ, ।’
मन्त्री श्रेष्ठले जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउने दाबी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए ।

यसबारे अहिले छानबिन भइरहेको भन्दै मन्त्री श्रेष्ठले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update