Public Pana
अमेरिकी डलर आकाशियो, नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली मुद्रा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । करिब एक महिना अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ -फेड) ले ब्याजदर बढाएसँगै  नेपाली मुद्राको अवमूल्यन निकै फराकिलो हुन लागेको हो । ।

बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।

२ कात्तिकमा १ अमेरीकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ८ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा रहेको थियो । बिहीबार एकै दिन डलरको मूल्य १ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ ।

भारतिय मुद्रा कमजोर बन्दा स्थिर विनिमयदरको कारण नेपाली मुद्रा पनि कमजोर बन्दै गएको हो ।

पछिल्लो एक महिनायता डलरको मूल्यले एक पनि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो ।

गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको छ । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्ऽीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको अर्थवीदहरु बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update