Public Pana
मन्त्रीहरुको पूर्व तयारी नरहेको कांग्रेस नेतृ आरजुको आरोप

नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरजु राणाले पार्टीबाट मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको आरोप लगाएकी छिन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा राणाले सभापति एंव आफ्ना पति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रीहरुको तयारी बुझ्न पाएको बताइन् ।

उनले भनिन् ‘मन्त्रीहरुको पूर्व तयारी नै हुँदैन । सिक्दासिक्दै मन्त्रालय पनि गइसक्छ । बुझेकै हुँदैनन्  सबै गइसक्छ । पार्टीभित्र मन्त्रालयको हरेक हरेक के हो त भनेर बुझ्न प¥यो,’ 
कांग्रेसको भोट कांग्रेसले नै काटेको राणाले बैठकमा बताइन् । उनले,‘हामीले हाम्रो भोट आफैं काटिरहेका छौं कसैले पनि हराउन सक्दैन, । ’ 

प्रत्यक्ष तर्फको उम्मेदवार बनाउँदा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने पार्टीमा राणाले माग राखिन् ।

‘समानुपातिबाट पु¥याएको कुरा उठेको छ । हामी महिला कामै लाग्दैन रे । उसो भए नबनाइदिनुस न ।’ उनले भनिन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update