Public Pana
कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन

पाली कांग्रेस बाराले घटनामा संगालन प्रहरी अधिकृतको निलम्बन तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबेन्द्र बोगटीको सरुवाको माग गरेका छन् ।  नेपाली कांग्रेस बाराले जिल्ला सचिव भैयाराम यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबेन्द्र बोगटीको सरुवा गर्न माग गर्दै शुक्रबार पनि कलैयामा प्रदर्शन गरिने भएको छ । 

यसअघि नेपाली कांग्रेस बाराले बिहीबार पनि कलैयामा प्रदर्शन भएको थियो । बारामा पछिल्लो समय बिनाकारण प्रहरिले आफ्नु जिम्मेवारी भुलेर बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको निर्दशनमा प्रहरी दमन बढ्दै गएको र प्रहरीनै गुण्डा सैलिमा प्रस्तुत भएको भन्दै कांग्रेस बाराले उनीहरुलाई कारबाहीकाे माग गरेको हो । एक वर्ष भन्दालामो समय बारामा बिताएका प्रहरी उपरीक्षक बोगटीले आफ्नु सरुवा पटक पटक थमौती गर्नुमा पनि स्वार्थ रहेको र यहाँका प्रहरीले शान्ति सुरक्षामा भन्दा पनि निजी स्वार्थमा बढी कोन्द्रित रहेको उनीहरुको आरोप छ । 

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार राति दलका प्रतिनिधिलाई बिनाकारण कुटपिट गर्छ भने अन्य सर्वसाधरण र थुनामा रहेकाको स्थिति कल्पनासमेत गर्न नसकिने भन्दै यादवमाथि कुटपिट भएको घटनापछि आन्दोलित बनेको कांग्रेसले प्रहरीविरुद्धको प्रदर्शन जारी राखेको हो । कांग्रेसले प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन तथा बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक होबेन्द्र बोगटीको सरुवा नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएको छ ।

प्रहरी अधिकारीद्वय पाण्डे र साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ भने उनीहरु बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको निदेशनमा सो कुटपिट भएको आरोप लगाएका छन । सवारी दुर्घटना सम्बन्धित विषयमा छलफल गर्न पुगेका बेला यादवमाथी कुटपिट भएको भन्दै कांग्रेसले बुधबार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रहरीले कांग्रेस सचिव यादवमाथि कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ । दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध र्याली तथा विरोधसभाको समेत आयोजना गरिएको थियो ।

विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।

कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् । कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update